काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । प्रतिनिधिसभ तथा प्रदेशसभा सदस्य निर्वाचनपछि सोमबार देखि खुलेको सेयर बजारमा आज तेस्रो दिन ११ दशमलव ५६ अङ्कले बढेर १९३३ दशमलव ५५ अङ्कमा उक्लिएको हो ।

११ दशमलव ५६ अङ्कले बढेको बजारमा आज कारोबार रकममा भने गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २५ लाख ६९ हजार कित्ता सेयर ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज निर्जीवन बीमा समूह बाहेक १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक १ दशमलव २७ प्रतिशतले बढेको छ भने आज निजीवन बीमा समूहको उपसूचक ० दशमलव ०४ प्रतिशतले घट्न पुगेको छ ।