फाइल तस्वीर

जनकपुरधाम – सर्लाही क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई ७ हजार ८०४ मतसहित निरन्तर अग्रता बढाएका छन् ।

लोसपाका महतोले ७ हजार ५७४ मत ल्याएर यादवभन्दा २ सय ३० मतले पछाडि छन् । यस्तै, नेकपा एमालेका राज नारायण साह ६ हजार ४ सय ४४ मतसहित तेस्रो स्थानमा रहेका छन् । हाल यहाँ मतगणना जारी छ ।