भरतपुर – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् ।

रास्वपा उम्मेदवार लामिछानेले ४९ हजार २ सय ६१ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६ सय ४९ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।