फाइल तस्वीर

काठमाडौं – परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले आज बिहीबार माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई) को आवेदन खुला गरेकोे छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आज मङ्सिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने जनाएको छ । माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आवदेन दिन सक्ने कार्यालयले जानकारी दिएको छ ।

विद्यालयहरूले पुस १७ गतेभित्र विद्यार्थीले भरेका आवेदन शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने छ । माघ मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाईहरूले परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्ने उल्लेख छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्ष ४ लाख ९५ हजार ७ सय ५१ जना परीक्षार्थी एसईइ परीक्षामा सहभागी भएका थिए ।