विराटनगर – मोरङको क्षेत्र नं. ६ (१) बाट माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आचार्यले १९ हजार ४ सय ५४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५ सय ७१ मत प्राप्त गरेकी छन् ।