प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल, फाइल तस्वीर ।


तनहुँ– तनहुँ निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काङग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । पौडेले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नेता एकबहादुर रानालाई पराजित गर्दै ५ हजार ३ सय ७५ मतान्तरले चुनिनुभएको हो ।

नेपाली काङ्ग्रेसका उम्मेदवार पौडेलले २५ हजार १ सय ३८ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का नेता एकबहादुर रानाले १९ हजार ९ सय ३४ मतमात्र पाउनु भएको छ ।

नवनिर्वाचित सांसद पौडेल ०७४ को निर्वाचनमा सोही क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार किसान श्रेष्ठसँग पराजित हुनुभएको थियो । नेपाली काङ्ग्रेसका वरिष्ठ नेतासमेत रहनुभएका नवनिर्वाचित सांसद् पौडेललाई भावी प्रधानमन्त्रीको रुपमा समेत हेरिएको छ ।