सिन्धुली – सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट माओवादी केन्द्रका मातृकाप्रसाद भट्टराई विजयी भएका छन् । एमालेका सुवास राज देवकोटालाई ३ हजार ३ सय २० मतान्तारले पछि पार्दै भट्टराई वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
भट्टराइले १५ हजार ८ सय ५३ मत प्राप्त गर्दा देवकोटाले १२ हजार ५ सय ३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण अधिकारीले २ हजार ९२, स्वतन्त्र उम्मेदवार अन्पु अधिकारीले ५ सय २६, नेपाल मजदुर किसान पार्टीका कृष्ण सुन्दर मचामसीले ५७ मत प्राप्त गरेका छन् ।