गण्डकी – कास्कीमा सत्ता गठबन्धनले विजयको खाता खोलेको छ । कास्की २ (ख) बाट नेपाली काङ्ग्रेसका विन्दुकुमार थापा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

काङ्ग्रेस उम्मेदवार थापाले नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३ सय ९ मतले पराजित गरेका हुन् । थापाले ९ हजार २ सय ८० मत र एमालेकी मीना गुरुङले ७ हजार ९ सय ७१ मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका अरुण गिरीले ३ हजार ३ सय ३ मत प्राप्त गरेका छन् ।

कास्कीमा हालसम्म एउटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रको नतिजा आएको छ । प्रतिनिधिसभामा कास्की २ बाट एमालेकी विद्या भट्टराई र प्रदेशसभामा कास्की २(क) बाट एमालेका भीमबहादुर कार्की, कास्की २(ख) बाट काङ्ग्रेसका विन्दुकुमार थापा, कास्की १(ख) बाट एमालेका श्यामबहादुर गुरुङ, कास्की ३ (क) बाट एमालेका गणेशमान गुरुङ निर्वाचित भएका छन् ।

कास्कीमा तीन प्रतिनिधि र ६ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभामा हालसम्म एमाले उम्मेदवारकै अग्रता छ भने प्रदेशसभा १(क) मा एमाले र प्रदेशसभा ३ (ख) मा काङ्ग्रेसको अग्रता रहेको छ ।