काठमाडौं – आज कतार विश्वकपका चार खेल हुँदैछन् । आज बिहीबार समूह जी र एचका दुई–दुई खेल हुन लागेको हो ।

बिहीबारको पहिलो खेल आज दिउँसो ३ ः४५ मा समूह ‘जी’ को स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुँदैछ । यसैगरी समूह ‘एच’ अन्तर्गतको अर्को खेल आज साँझ ६ः४५ बजे सुरु हुनेछ । सो खेलमा उरुग्वे र दक्षिण कोरिया प्रतिस्पर्धा गर्दैछन् ।

बिहीबारको तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल भने राति ९ः४५ बजे सुरु हुन्छ । आजको अन्तिम खेल राति १२ ः४५ बजे सुरु हुनेछ, खेलमा बाज्रिल र सर्बिया भिड्नेछन् ।