रुपन्देही – रुपन्देही–५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन् । उनले नेपाली काङ्ग्रेसका भरतकुमार शाहलाई ९ हजार ७ सय दुई मतले पराजित गरेका हुन् ।

यहि मङ्सिर ४ गते आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार ८ सय २२ मत ल्याउँदा शाहले २७ हजार १ सय २० मत प्राप्त गरेका हुन्।