सिन्धुपाल्चोक – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुबोध विजयी भएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका सुबोधले नेकपा एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले पराजित गरेका हुन् ।

बुधबार सम्पन्न मतपरिणाम अनुसार उनले ३० हजार ३ सय ७४ मत प्राप्त गरेका छन् भने एमालेका सरेश नेपालले २७ हजार २० मत प्राप्त गरेका छन् ।