डोटी– डोटीबाट प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भएका छन् । उनी नेकपा एमालेकी गौरीकुमारी ओलीसँगको प्रतिस्पर्धामा ४ हजार २ सय ६ मतान्तरले विजयी भएका हुन् ।

आलेले २७ हजार २ सय १० मत प्राप्त गर्दा ओलीले २३ हजार ४ मत प्राप्त गरेकी छिन् ।