फाइल तस्वीर

पोखरा – लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका देव गुरुङलाई ३ हजार १ सय ८८ मतान्तर पराजित गर्दै पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका हुन् ।

एमाले उम्मेदवार पृथ्वीसुब्बाले ३४ हजार ९ सय ६९ मत ल्याएर विजयी हुँदा माओवादीका उम्मेदवार देव गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरेर पराजय व्यहोरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २ सय ३१, मंगोल नेशनल अर्गानाइजेसनका विकास गुरुङले ४ सय ५७ मत प्राप्त गरेका छन् ।