वासिङटन – अमेरिकाको भर्जिनिया राज्यमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । एउटा वालमार्ट सुपरमार्केटमा कार्यरत एक कर्मचारीले चलाएको गोली लागि १० जनाको मृत्यु हुनुको साथै अन्य केही व्यक्तिहरु पनि घाइते भएका प्रहरीले जनाएको छ ।

भर्जिनियाको चेसापिकेस्थित वालमार्टको शाखामा स्थानीय समय अनुसार राति १० बजे नाम नखुलाइएका ती कर्मचारीले आफ्ना सहकर्मीहरूमाथि बन्दुक चलाएका थिए । उक्त घटनामा आक्रमणकारीसहित बढीमा १० जना सर्वसाधारण नागरिकको मृत्युभएको स्थानीय प्रहरी अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रि समाचारमाध्यमहरुले जनाएका छन् ।