देवराज घिमिरे, फाइल तस्वीर


झापा – मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्नुभएको हो ।

एमालेका प्रभावशाली नेता घिमिरेले २८ हजार ५ सय ९७ मत प्राप्त गरी विजयी हुँदा घिमिरेका निकटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गर्नुभएको थियो ।