कतार— कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत भएको समूह ‘ई’ पहिलो खेलमा जापानले जर्मनलाई हराएर तीन अङ्क बटुल्ल सफल भएको छ । पहिलो हाफमा १(० को अग्रता लिएको जर्मनीको पराजय अर्जेन्टिनाको हार जस्तै भएको छ । जर्मनीका लागि खेलको ३३ औं मिनेटमा पेनाल्टीमार्फत् गुन्डोगनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।


जापानले दुवै गोल मध्यान्तर पछिको खेलमा गरेको हो । आजको खेलमा सुखद सुरुवात गर्न मैदानमा होर्लिएको जर्मन जापानसँग स्तब्ध हुन पुगेको छ । यता जापान पनि जितको खोजिमा थियो । उत्कृष्ठ लयमा रहेको जापानले जमर्नलाई २(१ गोलले पराजित गर्दै तीन अङ्क बटुल्न सफल भएको छ ।


त्यसो त जापान र जर्मन दुवै टिमले स्पेन र कोस्टारिकाको सामना गर्नेछन् । अब जापानले यी कुनै एक टिमलाई हराउन सके उसको नकआउट चरणको यात्रा तय हुनेसम्भावना बलियो देखिन्छ ।