जुम्ला – जुम्ला प्रदेश सभा (१) मा स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । उनले नेपाली काङ्ग्रेसका कर्णाली प्रदेश सभापति तथा गठबन्धनका साँझा उम्मेदवार ललितजङ शाहीलाई पराजित गरेका हुन् । देवेन्द्रले खसेको २४ हजार ६ सय ५५ मतमध्ये ९ हजार ६ सय ५४ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम नेपाली काङ्ग्रेसका कर्णाली प्रदेश सभापति शाहीले ७ हजार ७ सय ५५मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।