रुपन्देही – प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टीले खाता खोलेको छ । रुपन्देही ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् ।

नेकपा एमालेको समर्थनसमेत पाएका ७२ वर्षीय शुक्ला २८ हजार मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका प्रमोदकुमार यादव २२ हजार ७०४ मत प्राप्त गरेका छन् ।

यसैगरी जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार ५ सय २६ मत ल्याएका छन् ।