दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५२ हजार ३ सय १९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाए ।
ओलीले २८ हजार ५ सय ७६ मतान्तरले विजयी भएका हुन् । तेस्रो स्थानमा रहेका राष्ट्रय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् ।