केपी शर्मा ओली, फाइल तस्वीर ।


झापा – झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली निर्वाचित हुनुभएको छ । अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नु भएका एमाले अध्यक्ष ओलीले ५१ हजार ६१९ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत प्राप्त गर्नुभयो । फराकिलो मतान्तरले ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनेभएको छ ।