माकेका अध्यक्ष प्रचण्ड, फाइल तस्वीर ।


गोरखा – गोरखा निर्वाचन क्षेत्र—२ मा नेपाल कम्युनिस्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जितको सङ्घारमा पुग्नु भएको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार अध्यक्ष प्रचण्डले २१ हजार ७५ मत ल्याउनु भएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४६३ मत प्राप्त गर्नुभएको छ । माकेका अध्यक्ष प्रचण्डले निकटतम प्रतिस्पर्धीलाई १२ हजार ६ सय १२ मतले पछि पार्नुभएको छ ।

यसैगरी नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले ५ हजार ६३७ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार मिया सुरुदेखि नै तेस्रो स्थानमा रहनु भएको छ । यो निर्वाचन क्षेत्रमा ५३ हजार ९७८ मत खसेको मध्ये अब १२ हजार ५७१ मत गणना हुन बाँकी छ । भोलि दिउँसोसम्ममा गोरखा निर्वाचन क्षेत्र–२ को नजिता आइसक्ने बताइएको छ ।