बाग्लुङ – बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २४ हजार ७ सय ७९ मतसहित निर्वाचित भएका हुन् ।

पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १ सय ८० मत प्राप्त गरेकी छन् । पौडेल र शर्माको मतान्तर ४ हजार ५ सय ९९ रहेको छ । यसैगरी सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३ सय २५ मत प्राप्त गर्दै तेस्रो स्थान बनाउन सफल भएकी छिन् ।