काठमाडौं – धादिङ–१ को प्रदेश (क) बाट काङ्ग्रेस उम्मेदवार मदुकुमार श्रेष्ठ विजयी भएका छन् । नेपाली काङ्ग्रेसबाट उम्मेदवारी बनेका श्रेष्ठले एमाले उम्मेदवार रमेश आचार्यलाई पछि पार्दै विजय भएका हुन् ।

काङ्ग्रेस उम्मेदवार श्रेष्ठले १७ हजार ८ सय ३२ मत प्राप्त गर्दा आचार्यले १६ हजार ५ सय ३८ मत प्राप्त गरेका थिए ।