सप्तरी – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।आज सम्पन्न मतगणनामा सप्तरी २ बाट विजयी भएका चन्द्रकान्त राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गरेका हुन् । उनका प्रतिस्प्रर्धी उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत मात्र प्राप्त गरेका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रसाद ठाकुरले ७ हजार ३ सय ४७ मत ल्याएका छन् । जनमत पार्टीले सप्तरी २ बाट प्रतिनिधिसभामा खाता खोलेको छ ।