हेटौंडा– कुलेखानी–काठमाडौंको छोटो दुरीको सडकखण्डमा पर्ने मकवानपुरको सल्लेमा काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमो जिल्लाको इन्द्रसरोबर गाउँपालिका २ सल्लेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना.१ ज ४४६६ नम्बरको सुमो सडकबाट तल खसेको हो ।
दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।