रुकुम– रुकुमपूर्वमा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । लुम्बिनी प्रदेशमा यो माओवादी केन्द्रको पहिलो जित हो ।

माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती १२ हजार २ सय ६२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत ल्याउनुभयो ।

प्रतिनिधिसभामा विजयी हुनुभएका घर्ती लुम्बिनी प्रदेशसभाको पूर्वसभामुख हुनुहुन्छ ।