फाइल तस्वीर
अमेरिकी संस्करणको टेलिभिजन रियालिटी शो ‘द भ्वाइस’को प्रतिस्पर्धामा नेपालीमूलकी परिजिता बास्कोटा अन्तिम १० मा प्रवेश गर्न सफल भएकी छन् । हिजो मङ्गलबार भएको उक्त प्रतिस्पर्धामा परिजिताले दर्शकीय मतको आधारमा अन्तिम १० मा स्थान पक्का गरेकी हुन् । जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहेकी परिजिताले एडेलको गीत ‘अल आइ आस्क’ गाएकी थिइन् । उन यो गीत गाउँदा नेपाली पोशाकमा सजिएकी थिइन् ।
उनले गाएको उक्त गीतलाई निर्णायकहरुले निकै प्रशंसा गरेका थिए । कालो सारी र ब्लाउजमा सजिएर स्टेजमा पुगेकी परिजिता अन्तिम १३ को प्रतिस्पर्धामा गाएकी थिइन् । गीत गाउँदा उनले लगाएको पहिरनलाई नेपाली र भारतीय समुदायबाट ठूलो समर्थन र प्रेरणा मिलेको थियो । छुट्टै पोशाक पहिरनमा स्टेजमा उत्रिएकी परिजिता दर्शकहरुको आकर्षण केन्द्र बनेकी थिइन् ।
‘द भ्वाइस’को अन्तिम १० मा प्रवेश गरेकी परिजिताले भिडियो सन्देश जारी गर्दै आगामी चरणका लागि भोट गर्न दर्शकलाई आग्रह गरिरहेकी छन् ।