फाइल तस्वीर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडौं क्षेत्र नं २, ९,२० राप्रपाका राजु विष्ट १२ हजार एक सय ६३ मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गरेका छन् ।

यसअघि काठमाडौँ क्षेत्र नं २,९,१० मा राप्रपाका सुनिल केसीले विजयको सुरुआती खाता खोलेका थिए । केसीले पाँच हजार पाँच सय ९८ मत ल्याएका थिए । काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना जारी रहेको छ ।