सर्लाही – मधेश प्रदेशसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् । उनले ६ हजार ६ सय ९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरेकी हुन् ।

लुंगेलीले १३ हजार ६ सय ७६ मत ल्याउँदा एमालेकी लामाले ६ हजार ९ सय ७७ मत मात्रै ल्याएकी छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९ सय ४५ मत ल्याउँदै तेस्रो स्थानमा रहेका छन् ।