सिन्धुली – नेकपा माओवादी केन्द्रले सिन्धुली–२ बाट विजयी हासिल गरी खाता खोलेको छ । माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५ सय १७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१ हजार ६ सय ८७ मत ल्याएका छन् ।