एजेन्सी – अमेरिकाको भर्जिनिया राज्यको वालमार्ट स्टोरमा एक व्यक्तिले गोली चलाएका छन् । यस गोलीबारीमा हालसम्म कम्तीमा १० जनाको मृत्यु भइसकेको छ । महानगरीय प्रहरीले ट्विट गर्दै यसबारे जानकारी दिएको हो ।
चेसापेक प्रहरीले एक विज्ञप्तिमा लेखेको छ, ‘हामी पुष्टि गर्छौं कि एक बन्दुकधारीले एउटै सर्कल इलाकामा गोली चलाएको छ । त्यसपछि गोली चलाउने व्यक्ति मारिएका छन् ।’