रौतहट – रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता फराकिलो बनाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमालेका अजय गुप्तालाई चार हजार पाँच सय मतान्तरले पछि छाडेका हुन् । नेपालले १८ हजार ५६३ मत प्राप्त गर्दा गुप्ताले १४ हजार ७० मत मात्रै पाएका छन् ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि गुप्ताले विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट नेपालसँग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला नेपालसँग पराजित बनेका गुप्ता यसपालि एमाले प्रवेश गरी नेपालका प्रतिस्पर्धी बनेका हुन् । ०७० को निर्वाचनमा नेपालसँग जम्मा ३ सयको मतान्तरले हारेका गुप्ता ०७४ सालको स्थानीय चुनावमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट गौर नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

रौतहट १ मा अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार नेपाल र गुप्ताबीचको प्रतिस्पर्धामा निकै पछि परेका छन् ।