गलकोट – बागलुङका चारवटै प्रदेश क्षेत्रमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको काङ्ग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गरेका छन् । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत ल्याएका छन् ।

बागलुङ–१ (२) मा काङ्ग्रेसका डिल्लीराम सुवेदी विजयी भएका छन् । सुवेदीले एमालेका नवराज पौडेललाई छ हजार ७५ मतान्तरले पराजित गरेका हुन् । सुवेदीले १३ हजार तीन सय २७ ल्याउँदा पौडेलले सात हजार दुई सय ५२ मत ल्याएका छन् । पौडेल स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

बागलुङ–२ (१) मा काङ्ग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भएका छन् । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गरेका हुन् । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरेका छन् । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए ।

बागलुङ–२९२० मा काङ्ग्रेसकै दोर्णकुमार कुँवर विजयी भएका छन् । कुँवरले एमालेका लक्ष्मण पुनलाई तीन हजार सात सय ३७ मतान्तरले पराजित गरेका हुन् । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ सय ७१ मत ल्याएका छन् ।