गोरखा – गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली काङ्ग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका बसन्त गुरुङलाई ११ हजार १ सय १५ मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेले १६ हजार ८ सय ८२ मत प्राप्त गर्दा एमालेका गुरुङले ५ हजार ७ सय ६७ मत ल्याएका छन् । सो क्षेत्रमा कुल २७ हजार ३ सय २७ मत खसेको थियो ।