सिन्धुली – सिन्धुली–२ प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का गङ्गानारायण श्रेष्ठ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले नेकपा एमालेका रामकुमार पौडेललाई ३ हजार २ सय १२ मतान्तारले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले १३ हजार १, एमालेका उम्मेदवार पौडेलले ९ हजार ७ सय ८९ मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका तुलसी राईले २ सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका टलकबहादुर कार्कीले १ सय ७७, जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले ७१, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण ग्वाछाले ३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।