सिन्धुली – सिन्धुली क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेपाली काङ्ग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट काङ्ग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का विनोदकुमार खड्कालाई ५ हजार २ सय तीन मतान्तारले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका सिन्धुलीका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

बम्जनले १६ हजार आठ सय ३५ मत प्राप्त गर्दा खड्काले ११ हजार छ सय ३३ मत प्राप्त गरेका छन्। रासस