पर्सा– पर्सा जिल्ला क्षेत्र नम्बर– १ अन्तर्गतको प्रदेशसभा (क) मा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् । एमालेका विचारी प्रसाद यादवलाई पराजित गर्दै मधेश प्रदेश सभामा अन्सारी विजयी भएका हुन् ।

अन्सारीले ७ हजार ८१७ मत प्राप्त गर्दा यादवले ५ हजार ५१८ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जनत अन्सारीले ५ हजार २८६ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार सुधिर पटेलले ४ हजार ५४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभामा विजयी हुने अन्सारी २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित भएका थिए ।