अछाम– अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी हुनुभएको छ । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

अछाम क्षेत्र नं १ बाट १९ हजार पाँच सय ३४ मत ल्याउँदै कुँवर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली काङ्ग्रेसका बागी उम्मेदवार राजन कुँवरले ४ हजार ३ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएलगत्तै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४१ हजार ३ सय ९२ मतगणना हुँदा १ हजार ९ सय ७७ मत बदर भएको थियो ।