दार्चुला – दार्चुलाको प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी निर्वाचित भएका छन् । उहाँ निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३ सय १५ मतान्तरले पराजित गर्दै सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित भएका हुन् ।

धामीले १३ हजार १ सय ७१ मत पाउँदा एमालेका उम्मेदवार जोशीले ११ हजार ८ सय ५६ मत मात्रै पाएका छन् । धामी २०७४ सालमा पनि सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।