डडेल्धुरा – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

उहाँ डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै विजयी हुनुभएको हो । उहाँका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभयो ।

यस्तै, नेपाली काङ्ग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ ।