गुल्मी – गए राती गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राती करिब २ बजे सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल क्याप जिप कुढडाँडामा दुर्घटना हुँदा चार जनाको घटना स्थलमै र एक जनाको उपचार गर्न पाल्पा पठाइएकोमा बाटोमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जिप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहडी , ४७ वर्षका रनबहादुर सिंजापती , वर्ष २५ का मिलन तरामु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।