पोखरा – पछिल्लो मतपरिणाम अनुसार कास्की क्षेत्र नं २ मा नेकपा (एमाले)की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पार्दै चार हजार आठ सय ५१ मतसहित अग्रस्थानमा छन् ।

उनलाई रास्वपाका कँडेलले चार हजार सात सय सात मतसहित पछ्याएका छन् । नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले तीन हजार दुई सय सात मत प्राप्त गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की पाँच हजार नौ मतसहित अग्रस्थानमा छन् भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले चार हजार छ सय १२ मतसहित पछ्याइरहेका छन् । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिएका थिए ।