कतार– कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा विश्वकप दावेदार मानिएको अर्जेन्टिनाले पराजय व्यहोरेको छ । खेल सुरुभएकोे १० औं मिनेटमा अग्रता बनाएको अर्जेन्टिना दोस्रो हाफको सुरुवाती मै लगातार दुई गोल खान पुग्दा हार व्यहोर्न वाध्य भयो । अजेन्टिनाको रक्षापङ्तीको फाइदा उठाउँदै साउदीले पाँच मिनेटको अन्तरालमा दुई गोल गर्दै सहज जित निकाल्न सफल भयो ।

पछिल्लो ३६ खेलसम्म अपराजित अर्जेन्टिनामाथि आउदी अरेयिबासँग पूर्णविराम लगाइदिएको छ । समूह ‘सी’ मा रहेको अर्जेन्टिनालाई यो हारले अब बाँकी दुवै खेल जित्नु पर्ने हुन्छ ।

साउदी अरेबियाका खेलाडील् फल गरेपछि भिएआरको सहयोगमा अर्जेन्टिनाले १० औ मिनेटमा नै पेनाल्टीको मौका पाएको थियो । लियोनेल मेसीले सहज रुपमा गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा १–० को अग्रता दिलाएका थिए । अर्जेन्टिनाको प्रत्येक आक्रमणलाई साउदीको रक्षा पङ्तीले निस्ताज पार्दा पराजय व्यहोर्न बाध्य भयो ।

खेल अहिले प्रतिस्पर्धात्मक चलिरहेको छ । साउदी अरेबियाका खेलाडीहरुले अर्जेन्टिनाको आक्रमणलाई निस्तेज पार्दै आएका छन् । अर्जेन्टिनाले अबको २० मिनेटमा कुनै गोल गर्न सकेन भने महारथि माथिएको अजेन्टिनालाई नकआउट चरणमा पुग्न निकै कठिन हुने देखिन्छ ।