कतार– कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा विश्वकप दावेदार मानिएको अर्जेन्टिना पराजयको सङ्घारमा पुगेको छ । पहिलो हाफको १० मिनेटमा अग्रता बनाएको अर्जेन्टिना दोस्रो हाफको सुरुवाती मै लगातार दुई गोल खान पुगेको छ ।


साउदी अरेबियाका खेलाडील् फल गरेपछि भिएआरको सहयोगमा अर्जेन्टिनाले १० औ मिनेटमा नै पेनाल्टीको मौका पाएको थियो । लियोनेल मेसीले सहज रुपमा गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा १–० को अग्रता दिलाएका थिए ।


खेल अहिले प्रतिस्पर्धात्मक चलिरहेको छ । साउदी अरेबियाका खेलाडीहरुले अर्जेन्टिनाको आक्रमणलाई निस्तेज पार्दै आएका छन् । अर्जेन्टिनाले अबको २० मिनेटमा कुनै गोल गर्न सकेन भने महारथि माथिएको अजेन्टिनालाई नकआउट चरणमा पुग्न निकै कठिन हुने देखिन्छ । अजेन्टिना र आउदी अरेबियाबीचको खेल अहिले जारी छ । अर्जेन्टिनाको प्रत्येक आक्रमणलाई साउदीको रक्षा पङ्तीले निस्ताज पारिरहेको छ ।