प्रदीप पौडेल, फाइल तस्वीर ।
काठमाडौं – काठमाडौंको निर्वाचन क्षेत्र नं. ५ मा नेपाली काङ्ग्रेसका उम्मेदवार प्रदीप पौडेलले एमालेका उम्मेदवार ईश्वर पोखरेललाई पछि पार्दै मतान्तर बढाउँदै लगेका छन् । काङ्ग्रेसका पौडेलले अहिलेसम्म ९ हजार १९६ मत प्राप्त गर्दा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेको पोखरेलले ६ हजार ३७० मत पाएका छन् । कुल ७० हजार ९१९ मतदाता रहेको यस ५ नं. क्षेत्रमा जम्मा ४५ हजार मत खसेको थियो ।
जारी गणनामा सुरुवात देखि नै अग्रता बनाएका पौडेलले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलभन्दा २ हजार ८२६ मतले अगाडि छन् । यहाँ अहिलेसम्म २८ हजारभन्दा बढी मत गणना भैसकेको छ ।