गोरखा – गोरखा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका राजेन्द्र बजगाईंले सुरूवाती अग्रता लिएका छन् । आज बिहानदेखि सुरू गरिएको गोरखा १ को मतगणना जारी छ ।

प्राप्त जानकारी अनुसार एक हजार ४ मत गणना गरिंदा गठबन्धनबाट नेपाली काङ्ग्रेसका उम्मेदवार राजेन्द्र बजगाईंले ७ सय ६६ र नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेतले १ सय १९ मत प्राप्त गरेका छन् र यहाँ जसपाका उम्मेदवार रूपेश रानाले २१ मत ल्याएका छन् ।