कास्की – म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ प्रदेश सभा निर्वाचन क्षेत्र छन् । हालसम्म सत्ता गठबन्धनका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका खम्बिर गर्बुजाले पाँच हजार तीन सय ७० मत पाएका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार ६ सय ४९ मत पाएका छन् ।