विश्वप्रकाश शर्मा, फाइल तस्वीर


झापा– झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले एमाले उम्मेदवार अग्नि खरेललाई पछि पार्दै अग्रस्थानमा रहका छन् ।
शर्मा र खरेलको मतान्तर झण्डै दोब्बर रहेको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाली काङ्ग्रेसका उम्मेदवार शर्माले १३ हजार ८ सय ५० मत ल्याएका छन् भने एमाले उम्मेदवार अग्नि खरेलले ८ हजार ६४९ मत ल्याएका छन् ।