गोरखा – गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन हजार ४०८ मतान्तरले अगाडि छन् । ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाएका छन् । प्रचण्ड र बुर्लाकोटीबीचको मतान्तर तीन हजार ४०८ रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाले ११७६ मत पाएका छन् ।