एजेन्सी – फिफा विश्वकप फुटबलमा इङ्गल्यान्डले विजयी सुरुवात गरेको छ । आज सोमबार भएको समूह ‘बी’ को पहिलो खेलमा इङ्गल्यान्डले इरानलाई ६–२गोलको नतिजामा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा इङ्गल्यान्डका लागि बुकायो साकाले दुई तथा ज्युड वेलिङगाम, राहिम स्टर्लिङ्ग, मार्कस रासफर्ड र ज्याक ग्रिलिसले एक–एक गोल गरे ।

इरानका मेदी तारेमीले २ गोल फर्काए । जितसँगै इङ्गल्यान्डे समूह बी मा तीन अङ्क जोडेको छ । अहिले ९:४५ बजे हुने खेलमा समूह ए का नेदरल्यान्ड्स र सेनेगल भिड्दैछन् भने, आजै राती १२:४५ बजे हुने खेलमा समूह बी कै अमेरीका र वेल्स प्रतिस्पर्धा गर्दैछन् ।